You are viewing the translated version of यात्रुले ल्याउने मालवस्तु सम्बन्धमा:.
Number 2
यात्रुले ल्याउने मालवस्तु सम्बन्धमा:
यात्रुले महसुल छुटमा ल्याउन पाउने मालवस्तु बाहेक यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना अनुसार विदेशबाट आफूसँग ल्याएको (एकम्पनिङ) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको (अनएकम्पनिड) मालवस्तुमा दरबन्दी अनुसार महसुल लाग्नेछ। तरु,
(१) विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा देहाय बमोजिम महसुल लाग्नेछः- (अ) सुनको हकमाः- (क) पहिलो पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुल।
(ख) पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने - महसुलको अतिरिक्त थप तीन प्रतिशत।
(आ) सुनको गहनाको हकमाः-
(क) पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन।
(ख) उपखण्ड (क) मां उल्लेख भएको परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार महसुल लाग्नेछ ।
(ग) उपखण्ड (ख) मा उल्लेख भएको परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ।
तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई उपखण्ड (क), (ख) वा (ग) को प्रयोजनका लागि गहनाको रुपमा मान्यता दिइने छैन ।
(२) खण्ड (१) को उपखण्ड (अ) वा (आ) मा उल्लेख भएका बढी परिमाणमा सुन तथा सुनका गहना पैठारी गरेमा बढी
भएको परिमाण जति जफत गरिनेछ।
(३) यात्रुले ल्याउने सुन तथा सुनका गहनाको भन्सार मूल्याङ्कन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्यसूची लिई भन्सार कार्यालयहरुमा उपलब्ध गराउनेछ ।
(४) विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने, पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका “गहना भन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइनेछ। त्यसरी ल्याएको/गहना निज यात्रु फर्कदा भन्सार बिन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ। त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन; २०६४ बमोजिमको कारवाही हुनेछ।
तर भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वःप्रयोजनका लागि ल्याउने गहना आफु फर्कदा फिर्ता लैजाने शर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्नेछ।
(5) श्रमःस्वीकृति लिई वैदेशिक रोजगारमा गई फर्केका नेपाली नागरिकले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिमको देहायका मालवस्तुमा महसुल छुट दिइनेछः-
(क) लगातार कम्तीमा छ महिना काम गरी फर्केका त्यस्तो यात्रुले ल्याएको आफूले प्रयोग गरेको बाहेक एक थान सेलुलर मोबाइल फोन एक थान । (ख) लगातार कम्तीमा बाह्र महिना काम गरी फर्केको त्यस्तो यात्रुले ल्याएको सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकोमा जुनसुकै आकार वा प्रकारको र त्यस्तो कोषमा सूचीकृत नभएकोमा बत्तीस इञ्चसम्मको टेलिभिजन एक थान |
तर यस खण्ड बमोजिमको सुविधा अभिलेख रहने गरी एक पटकको लागि मात्र दिइनेछ।